संचालनमा रहेका दुई पुनर्बीमा कम्पनीद्धारा २५ अर्ब ९६ करोड ४५ लाख लगानी

३ बर्ष अगाडि

काठमाडौं - नेपालमा हाल संचालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरुले  २५ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ लगानी गरेका छन् । 

नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ र हिमालयन रिले ७ अर्ब ३४ करोड रुपैयाँ गरी सो बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेका हुन् ।

दुबै पुनर्बीमा कम्पनीले कुल लगानीको ८७.१५ प्रतिशत अर्थात २२ अर्ब ६२ करोड ७१ लख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीले १३ अर्ब ७८ करोड रुपैयाँ र हिमालयन रिले ७ अर्ब ११ करोड रुपैयाँ गरी २० अर्ब ८९ करोड ५० लाख रुपैयाँ ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।

यस्तै ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल पुनर्बीमाले १ अर्ब ७० करोड २१ लाख रुपैयाँ र हिमालयन रिले ३ करोड रुपैयाँ गरी १ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ ।

हिमालय रिले ‘क’ वर्गको बाणिज्य बैंकको मुद्दती निक्षेपमा ७ अर्ब ११ करोड रुपैयाँ, क, ख, ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २० करोड रुपैयाँ र ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३ करोड रुपैयाँ गरी कुल ७ अर्ब ३४ करोड ५० लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले भने नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३० करोड रुपैयाँ, ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १३ अर्ब ७८ करोड रुपैयाँ, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ७० करोड २१ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यसैगरी, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा १ अर्ब ६४ करोड रुपैयाँ र अन्य लगानी अन्तर्गत संस्थापक शेयरमा १ अर्ब १० करोड रुपैयाँ गरी नेपाल पुनर्बीमा कम्पनीले कुल १८ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ लगानी गरेको हो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया