काठमाडौं - सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०।७५५ ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया