अन्तर्राष्ट्रिय बजारमा पाउन्ड कमजोर भएपछि सस्तो दरमा सुन बिक्री

३ बर्ष अगाडि

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा पाउन्ड कमजोर भएपछि, पाउन्डको क्रय शक्ति बढाउनको लागि बेलायती केन्द्रीय बैंकले सस्तो दरमा सुन बिक्री गरेको छ ।

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले गत साता औसत ब्याज दर बढाएपछि डलर बलियो हुँदा, पाउन्ड केही मात्राले कमजोर भएको छ । यसै क्रममा स्वदेशी मुद्रा बलियो बनाउन र मूल्यवृद्धिलाई नियन्त्रण गर्न बेलायती केन्द्रीय बैंकले सञ्चितिबाट सुन बिक्री गरेको हो ।

५ हजार ६७६ टन बुलियन सञ्चिति गरेको बैंक अफ इंग्ल्यान्डले बजार मूल्य भन्दा निकै सस्तो दर –१ डलर प्रति औंसमा सुन बिक्री गरिरहेको छ । यसरी सस्तो मूल्यमा भारी छुटका साथ सुन बिक्री गर्नुको प्रमुख कारण आफ्नो देशको मुद्रालाई बलियो बनाउनु रहेको कमोडिटी मार्केटका विश्लेषकहरुले बताएका छन् ।

मुलतः बेलायतबाट सुन आयात गर्ने राष्ट्रहरु ब्राजिल, थाइल्यान्ड र आयकरल्यान्ड रहेका छन् । विश्व सुन काउन्सिलको तथ्यांक अनुसार सन् २०२१ मा बेलायतले ४५६ टनका दरले सुन सञ्चिति वृद्धि गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया