म्यानपावरका शाखा खोल्न दिन माग

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिने व्यवस्था गरेपछि वैदेशिक रोजगारीमा जानेहरुलाई सहज भएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचालबाट गत वैशाख २ गतेबाट संस्थागत श्रम स्वीकृति अन्तर्गत पूर्व र अन्तिम स्वीकृतिका कामहरु र गत माघ २ गतेदेखि नै पुनः श्रम स्वीकृति अनलाइनबाटै दिन शुरू गरेको थियो ।

व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम जेठ ६ गते शुक्रबारदेखि सञ्चालन गरिएको विभागले जनाएको छ । विभागका निर्देशक कृष्ण प्रसाद भुसालले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिका लागि काठमाडौं आउनु नपर्ने व्यवस्था गरिएको बताए ।

यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमलप्रसाद ढकालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यकता अनुसार म्यानपावर कम्पनीका शाखा खोल्न अनुमति दिनुपर्ने र भैरहवा विमानस्थललाई लक्षित गरी रुपन्देहीमा शाखा खोल्न अनुमति दिन ढिला गर्न नहुने बताएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया