यस्तो छ एनएमबी बैंकको हिसाब किताब, ६ महिनामा कति भयो नाफा

७ बर्ष अगाडि

काठमाडौं – एनएमबी बैंकले ६ महिनामा रु ९७ करोड नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आर्थिक बर्षको पहिलो ६ महिनाको तुलनामा रु ३ करोडले कम हो । सो अवधीमा बैंकले रु १ अर्ब नाफा कमाएको थियो ।

एनएमबीले चालु आवको पुस मसान्त अवधीमा रु ८८ अर्ब निक्षेप संकलन गरेर रु ८५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७८.९५ प्रतिशत पुगेको छ ।

एनएमबीले रु २ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ । रु ८ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा रु ९ अर्ब ३७ करोड रहेको छ ।

बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ भने आधार ब्याजदर १०.११ प्रतिशत छ । बैंकको कष्ट अफ फण्ड ७.३२ प्रतिशत छ भने प्रति सेयर आम्दानी रु २५.५५ रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया