भैरहवामा जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना हुने

३ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जानेहरुलाई सरल र सहज सेवा दिन जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् । 

भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै स्थानीयस्तरमा संचालन गर्ने प्रतिवद्धता जनाए । 

यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू गरेको जजिरा एयरवेजका नेपाल प्रतिनिधिले काठमाडौंबाट यात्रु लगेर उडान गर्न नसकिने भन्दै जेठ महिनाभित्र स्थानीयस्तरमा श्रम स्वीकृति दिने व्यवस्था गर्न सुझावको शैलीमा दबाब दिएको थियोे ।

३ बर्ष अगाडि

प्रतिक्रिया