माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं - पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ । 

सम्झौतापत्रमा अन्नपूर्ण केबलकार प्रालिका तर्फबाट महाप्रबन्धक  दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

अन्नपूर्ण केबलकार पोखराको पहिलो केबलकार सुविधा हो । जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँदै आइरहेको छ । 

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबलकारबाट टिकट काट्दा बिलमा १० प्रतिशत सम्म छुट पाउनेछन् । उक्त केबलकार सुविधा पोखराको सेदीबगरदेखि सारङकोटसम्म रहेको छ । 

बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी केबलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया