बीमा कम्पनीहरुले बीमालेख धितोबाट ४ अर्ब २८ करोड गरे आम्दानी

३ बर्ष अगाडि

काठमाडौं - जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बीमालेख धितोबाट ४ अर्ब २८ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफले एक अर्ब ७४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

एलआइसी नेपालले पनि एक अर्ब १९ करोड १८ लाख रुपैयाँ र नेशनल लाइफले ४४ करोड ४१ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरि आम्दानी गरेका छन् ।

यस्तै एशियन लाइफले १६ करोड ६६ लाख  रूपैयाँ, प्राइम लाइफले १२ करोड ५९ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १० करोड ९१ लाख रुपैयाँ र सूर्या लाइफले १० करोड २४ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरी आम्दानी गरेका छन ।

सबै भन्दा कम भने रिलायवल नेपालले बीमालेख धितोमा कर्जा लगानी गरी २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया