नेपाल इन्स्योरेन्सद्धारा नयाँ कर्पोरेट भवनको शिलान्यास

३ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–२८ कमलादीस्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गइरहेको नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास गरिएको छ । 

बिहान ९ बजेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । 

कम्पनीको काठमाडौं महानगरपालिकाको न्युरोड र पर्साको वीरगन्जमा आफ्नै भवनमा कार्यालय सञ्चालनमा रहेको छ । अब विराटनगर तथा नारायणगढमा रहेका जग्गामा समेत आफ्नै भवन बनाउने कम्पनीको योजनो छ ।

कम्पनीले देशका विभिन्न क्षेत्रमा प्रधान कार्यालयसमेत ५९ वटा शाखा, उपशाखा र सेवा केन्द्रबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया