काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले बीमालेख धितोमा ६२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
हाल नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरूले उक्त बराबरको रकम बीमालेख धितोमा कर्जा प्रवाह गरेका हुन् ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २३ अर्ब २२ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
प्रतिक्रिया