काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा एमालेको पुरानो रेकर्ड तोडेको छ ।
हालसम्मको मत परिणामअनुसार कांग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सबै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ ।
कुल ७५३ स्थानीय तहमध्ये कांग्रेसले नगरपालिका तथा उपमहानगरपालिको मेयरमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो ।
अघिल्लो २०७४ को स्थानीय निर्वाचनमा एमालेले २९४ स्थानीय तह जितेको थियो । हालसम्मको मत परिणामअनुसार यसपालि एमालेले १८२ स्थानीय तहमा जित निकालेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २६७ स्थानीय तह जितेको थियो । त्यस्तै त्यतिबेला नेकपा माओवादीले १०६ जितेको थियो । यसपालि हालसम्म भने माओवादी केन्द्रले ११२ पालिकामा जितिसकेको छ ।
प्रतिक्रिया