काठमाडौं - गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अहिले प्रकाशन भइरहेको छ । कुनै ठाउँको मत परिणाम आइसकेको छ भने कति ठाउँमा गणना भइरहेको छ ।
अहिले सम्म ६५१ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले २९३ जित निकाल्दा ३१ मा अग्रता लिएको छ । नेकपा एमाले १८० जित निकाल्दा २२ अग्रता दिएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ११२ जित निकाल्दा ११ मा अग्रता लिएको छ । एकीकृत समाजवादीले १४ जित निकाल्दा ५ मा अग्रता लिएको छ ।
साथै जनता समाजवादी पार्टीले २० जित निकाल्दा १४ मा अग्रता लिएको छ । लोसपाले ७ जित निकाल्दा ८ मा अग्रता लिएको छ । राप्रपाले ४ जित निकाल्दा १ मा अग्रता लिएको छ ।
त्यस्तै अन्य जितमा २२ पुगेको छ भने, अग्रतामा ९ रहेको छ ।
प्रतिक्रिया