एनआईबिएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम

३ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा जेठ ६ गते प्रदेश १ को बिर्तामोडमा, अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

उक्त कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका छन्।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न प्रदेशमा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने समेत क्यापिटलले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया