लुम्बिनी विकास बैंक ग्राहकहरुलाई धुलिखेल जिपलाइनमा  २० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले काभ्रेको धुलिखेलस्थित वर्ल्ड वाइड एडभेन्चर प्रालि (धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट दिनका लागि सम्झौता गरेको छ। 

सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकले डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा तथा सुविधाहरु लिएबापत भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन्। 

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वर्ल्ड वाइड एडभेन्चरका तर्फबाट अध्यक्ष केदारबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। 

बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ। बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया