काठमाडौं परिसरका एसएसपी विवादमा तानिए, धुर्मुस–सुन्तलीलाई धोका ?

७ बर्ष अगाडि

काठमाडौं– दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।  
क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रम्ख एसएसपी बसन्त लामाले आदेश नदिँदा अभियुक्तहरु खुलेआम रुपमा बजारमा हिँडिरहेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । 
सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपैयाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीमा पुगेको भएपनि प्रहरीले झुलाउन र अभियुक्तसँगै साँठगाउँठ गरी मुद्दा दर्ता नगरेको पाइएको समाचारमा उल्लेख छ । 
प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउ पुर्जी जारी गरेको भएपनि एसएसपी लामाले भोलि भोलि भन्दै पीडित श्रेष्ठलाई पीडामाथि पीडा दिने कामलाई निरन्तरता दिएका छन् । 
नेपाल समाचारपत्र दैनिक मा नै सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा खबर छ । 
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेको थियो । 
मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया