११ % बोनस प्रस्तावसहित नेपाल इन्स्योरेन्स जेठ ३० गते डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनीको वार्षिक साधारणसभा यही जेठ ३० गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।

कम्पनी सञ्चालक समितिको आज वैशाख ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्। 

सोही सभाले कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर २.६ अर्ब पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (क) मा भएको अधिकृत पुँजीसम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि यही जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया