प्राइम लाइफको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

४ बर्ष अगाडि

काठमाडौं-  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व परिमार्जन गरेको छ।

कम्पनीले संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो। शेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले २७ लाख ७९ हजार ६१५.५८ कित्ता संस्थापक शेसेयर सर्वसाधारण शेयरमा रुपान्तरण गरेको छ।

योसँगै अब कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ।

कम्पनीले बीमा समितिको स्वीकृतिपछि र १४ औँ वार्षिक साधारणसभाबाट पारित गरी कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया