शुक्रबार पनि उकालो लाग्न सकेन शेयर बजार, कारोबार रकम करोडमा सिमित

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार उकालो लाग्न सकेनन् । हिजो २३.५१ अंकले घटेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज १५.८२ अंक घटेर २२३५.०९ को बिन्दुमा पुगेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर खरिदबिक्री भएको ९३ करोड २२ लाख ६ हजार  ८४ रुपैंया बराबरको कारोबार भएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहकाे शेयर घटेको छ ।

सो रकम बराबरको कारोबार हुदाँ अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ करोड २ लाख बढीको कारोबार भएको हो । 

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले २.७३ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २.५९ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.१६ प्रतिशतका दरले कमाएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया