घटेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार उकालो लाग्न सकेनन् । हिजो २३.५१ अंकले घटेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज १५.८२ अंक घटेर २२३५.०९ को बिन्दुमा पुगेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर खरिदबिक्री भएको ९३ करोड २२ लाख ६ हजार  ८४ रुपैंया बराबरको कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुदाँ अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ करोड २ लाख बढीको कारोबार भएको हो । 

यस्तै,हिमालयन डिष्टिलरीको २ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको २ करोड ७६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया