काठमाडौं - समृद्धि फाइनान्सले जेठ ४ गते बुधबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा प्रत्यक्ष सहभागीको रुपमा आबद्ध भइ कारोबार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंक बाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटिजिएस सेवा संचालनमा आएको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
प्रतिक्रिया