एमालेको सुरक्षित भनिएको पनौतिमा कांग्रेस विजयी

३ बर्ष अगाडि

काभ्रे जिल्लाको पनौति नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामशरण भण्डारीले नेकपा (एमाले) का पूर्व नगर प्रमुख भिम न्यौपानेलाई २ हजार २६७ मतले पछि पर्दौ निर्वाचित भएका छन् । भण्डारीले १४ हजार ५० मत ल्याए भने उनका निकटम प्रतिस्पर्धी न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकी गिता बन्जाराले नेकपा एकिकृत समाजवादीका छविलाल हुमागाईलाई पछि पार्दै विजयी भएकी छन् ।

वडा गत अनुसार एमाले वडा नं.२,३,४,६,७,८,११ विजयी भएको छ । त्यसैगरी, काग्रेसले वडा नं. १,५,९,१० मा जित हात पारेको छ भने एकिकृत समाजवादीले वडा नं. १२ मा जित हासिल गरेको छ । 
 
यो नगर एमालेको काभ्रे जिल्लामा सुरक्षित नगरमा पर्दथ्यो । गत निर्वाचनमा एमाले मेयर, उपमेयर सहित ६ वटा वडामा जित हात पारेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया