काठमाडौं, शुक्रबार पनि डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ। पछिल्ला समय दैनिकजसो बढेर नयाँ रेकर्ड बनाउदै आएको डलरको भाउ शुक्रबार पनि २३ पैसाले बढेर नयाँ उचाइमा पुगेको हो।
नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ६७ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। बिहीबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४४ पैसा थियो।
पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ६७ पैसा खर्च गर्नु पर्ने भएको छ।
डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ। नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ। अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।
प्रतिक्रिया