मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित उपाध्यायलाई शपथ ग्रहण नगराउन निर्देशन

४ बर्ष अगाडि

काठमाडौं - निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्देशन दिएको छ ।

विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला उपाध्याय माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएकाहरु जनप्रतिनिधि चुनिएपछि सपथ के गर्ने भन्ने अन्योल थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया