तेमाल गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

३ बर्ष अगाडि

काभ्रे -  तेमाल गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रबहादुर तामाङ र नेकपा (माओवादी केन्द्र)का दलमान थोकर (डियम) निर्वाचित भएका छन् । तामाङले ७ हजार ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ९०० मत ल्याए ।

यस्तै,उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका थोकरले ६ हजार ६६० मत प्राप्त गरेका थिए । 

यसैगरी, वडा गत अनुसार, वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार कुलदास लामालाई पराजित गर्दै एमालेका ईन्द्र बहादुर अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नं. २ मा नेकपा (माओवादी केन्द्र) का देवराज तामाङ्ग, वडा नं.३ मा कांग्रेसका विष्णु लामा, वडा नं. ४ मा एमालेका पेम्बा तामाङ्ग, वडा नं. ५ मा माओवादीका हजारसिंह तामाङ्ग,वडा नं. ६ माओवादीका प्रेम लामा, वडा नं.७ मा कांग्रेसका ईन्द्रलाल तामाङ्ग, वडा नं. ८ मा कांग्रेस तेमाल सिंह तामाङ्ग र वडा नं.९ मा मोआवादीका चन्द्र बहादुर लामा निर्वाचित भएका छन् । 

यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भएता पनि वडागत रुपमा गठबन्धन भएको थिएन् । २०७४ सालको स्थानीय निर्वाचन भन्दा यस निर्वाचनमा माओवादीले २ बढी वडामा जित हासिल गरेको छ भने एमाले २ वडामा मात्र खुम्चिएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया