काठमाडौं - कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा आउने भएको छ ।
कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर शेयर जेठ १३ गतेदेखि लिलामीमा लिलामीमा बिक्री खुला हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य दुई सय रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
यस शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया