विश्वकप फुटबल २०२२ : पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने

३ बर्ष अगाडि

काठमाडौं - कतार विश्वकप फुटबल २०२२ मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएका छन् । 

फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ ।

फिफाले यो विश्वकपबाट तीन जना महिला रेफ्रीलाई पनि समेटेको छ । कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका हुन् । 

विश्वकपका लागि छनोट भएका रेफ्रीहरुमा फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेकी छिन् । कतार विश्वकप आगामी २१ नोभेम्बरबाट सुरु हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया