काठमाडौं - स्थानीय तह निर्वाचन अन्तरगत नेपाली काँग्रेसले मेयर पदमा मात्रै शतक पुरा गरेको छ ।
शुक्रबार बिहान १० बजेसम्म उपमहानगर तथा नगरपालिकाको मेयर पदमा मात्रै काँग्रेसका १०२ उम्मेदवार विजयी भएका हुन् ।
अझै पनि मेयर पदमा काँग्रेसका ३० उम्मेदवारको अग्रता कायमै छ । हालसम्म काँग्रेसले १७८ गाउँपालिकाको अध्यक्ष पद जितेको छ भने १० स्थानमा अग्रता कायमै छ ।
यस्तै काँग्रेसले ७६ उपमेयर तथा १७९ उपाध्यक्ष पनि जितेको छ । तर उपमेयरमा एमालेको संख्या धेरै देखिएको छ ।हालसम्म एमालेका ७८ उम्मेदवार उपमेयरमा विजयी हुँदा उपाध्यक्षमा चाहिँ काँग्रेस नै अगाडि छ । उपाध्यक्षमा एमालेले ११७ स्थानमा विजय हासिल गरेको छ ।
मेयरतर्फ एमालेको जित संख्या ५९ र अग्रता १९ स्थानीय तहमा छ । यस्तै उपाध्यक्षमा ११५ र ७ स्थानमा अग्रता छ । माओवादीले भने २० मेयर र ९२ अध्यक्ष पद जितेको छ । सो पार्टीले २८ उपमेयर र ९० उपाध्यक्ष जितेको छ ।
प्रतिक्रिया