हकप्रद शेयर निष्काशनको माग गर्दै जनरल इन्स्योरेन्स बीमा समिति पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीको सञ्चालक समितिले हाल विद्यमान पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको माग गर्दै बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ ।

कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर पूँजी थप गर्ने योजना बनाएको छ । 

कम्पनी सँग हाल एक अर्ब रुपैयाँ मात्रै पूँजी छ । यहि पूँजीमा अन्य कम्पनी सँग मर्ज गर्दा हिस्सा गुम्ने तथा वार्गेनिकङ पावर कम हुने भए पछि कम्पनीले पहिला थोरै हकप्रद शेयर निष्काशन गर्ने सोच बनाएको हो ।

यदि बीमा समितिले फेरी पनि हकप्रद शेयर निष्काशन गर्न दियो भने मर्जरमै नगइ पूँजी जुटाउन सक्ने रणनीतिको रणनीति देखिन्छ । 

तर बीमा समितिले पुनः हकप्रद शेयर निष्काशन गर्न नदिने भन्यो भने उपयुक्त कम्पनी खोजेर मर्जरको प्रकृयाँमा अगाडी बढ्ने कम्पनीको योजना रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया