काठमाडौं - अहिले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा प्रकाशन भइरहेको छ । कुनै ठाउँको मत परिणाम आइसकेको छ भने कति ठाउँमा गणना भइरहेको छ ।
अहिले सम्म ६२८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले २८० जित निकाल्दा ३८ मा अग्रता लिएको छ । नेकपा एमाले १७३ जित निकाल्दा २७ अग्रता दिएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ११२ जित निकाल्दा १० मा अग्रता लिएको छ । एकीकृत समाजवादीले १४ जित निकाल्दा ५ मा अग्रता लिएको छ ।
साथै जनता समाजवादी पार्टीले १८ जित निकाल्दा १६ मा अग्रता लिएको छ । लोसपाले ७ जित निकाल्दा ५ मा अग्रता लिएको छ । राप्रपाले ३ जित निकाल्दा २ मा अग्रता लिएको छ ।
त्यस्तै अन्य जितमा २१ पुगेको छ भने, अग्रतामा १० रहेको छ ।
प्रतिक्रिया