धरान उपमहानगर : स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङलाई १ हजार ८८ मतको अग्रता, कसको कति ?

३ बर्ष अगाडि

काठमाडौं - सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेखवार हर्कराज साम्पाङले १ हजार ८८ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १० हजार ३९२ मत पाउँदा हर्कराजले ११ हजार ४८० मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ८ हजार ४६८ मत पाएकी छिन् ।

उपप्रमुखमा भने गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा अगाडि छन् । उनले ११ हजार ९३८ मत ल्याउँदा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले ११ हजार ४०२ मत ल्याएका छन् । 

शुक्रबार अहिले बिहान ८ः२५ सम्ममा धरानको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सकिएको छ भने वडा नं। ११ को २८०० मत, वडा नं। १३ को १६०० मत, १४ को  १५०० र वडा नम्बर २० को १३१० मत गणना भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया