अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख बढीको सुनसहित एक जना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख रुपैयाँ बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुल छेउबाट पक्राउ गरेको हो ।

जैसीको साथबाट बरामद गरिएको ३४९.७०० ग्राम सुन हालको बजार मूल्यअनुसार २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया