काठमाडौं - काठमाडौं महानगरको एक वडामा कांग्रेसले खाता खोलेको छ। काठमाडौंको वडा नम्बर ३० मा कांग्रेसले खाता खोलेको हो ।
कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन् ।
कार्की ११४५ मतान्तरले विजयी भएका हुन् । यसअघि वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको थियो ।
अहिले ६, ७, ८, २७, २८, २९, ३१ र ३२ वडामा मत जारी छ ।
प्रतिक्रिया