ग्रीन डेभलमपमेन्ट वैंकका ग्राहकहरुलाई  अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं, पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट वैंक लिमिटेड र पोखराको  केवलकार कम्पनी अन्नपूर्ण केबलकार प्रालिबीच बिहीबार केबलकार शुल्कमा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा केबलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन्।सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले र केबलकार कम्पनीका तर्फबाट कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन्। 

सम्झौतापत्र हस्ताक्षर समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले पोखराको पर्यटन विकासका लागि सञ्चालनमा ल्याइएको केबलकार सुविधा प्रयोग गरी बैंकका ग्राहकले पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे। 

बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयमार्फत आफ्ना विभिन्न आधुनिक बैंकिङ सेवासुविधाहरु प्रदान गर्दै आएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया