सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक

३ बर्ष अगाडि

काठमाडौं, सरकारले सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णयपछि उक्त दिन सरकारी सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

बिहीवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुने, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन नपाइने प्रशासनको भनाइ छ ।

पास नलिई र अत्यावश्यक बाहेक सवारी साधन चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया