काठमाडौं- मिड सोलु हाईड्रोपावरले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले साधारण शेयरको सार्वजनिक निष्कासन गर्न विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ । बिहीवार काठमडौंमा आयोजित एक कार्यक्रममा दुवै पक्षबीच आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
९.५ मेगावाटको मिड सोलु हाईड्रोपावरलाई आईपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्कासन तथा विक्री प्रवन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।
एनआईसी एशिया क्यापिटलले आईडिया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया