जनरल इन्स्योरेन्स हकप्रद शेयर निष्कासन गर्ने, अनुमति माग्दै बीमा समिति समक्ष प्रस्ताव पेश

४ बर्ष अगाडि

काठमाडौं, जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले हाल विद्यमान पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासनको माग गर्दै बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ ।

अहिले प्रस्ताव गरिएको हकप्रद शेयर निष्कासन गर्न पायो भने कम्पनीको चुक्ता पूँजी एक अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा १६ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । हकप्रद शेयर निष्कासन पछि नविकेको हकप्रद शेयर बोलकबोल मार्फत बिक्री गर्दा कम्पनीको जगेडा कोषमा केहि रकम थपिन्छ । त्यतिन्जेलमा कम्पनीले २० करोड रुपैयाँ बोनस शेयर दिएर एक अर्ब ५० करोड रुपैयाँ जुटाउन सक्ने देखिन्छ । त्यस पछि पनि कम्पनीलाई एक अर्ब पुग्दैन ।

यसका लागि भने बीमा समितिले मान्यो भने पुनः हकप्रद शेयर निष्कासन गर्ने होइन भने अर्को कुनै कम्पनीसँग मर्जर गर्ने यसो गर्दा कम्पनीको स्वाप रेसियो कमै भए पनि हिस्सा धेरै खुम्चिन पाउदैन । यदि अहिलेकै पूँजीमा मर्जर गर्ने हो भने हिस्सा खुम्चिने डरमा कम्पनीका सञ्चालक छन् ।

बीमा समितिले हकप्रद शेयर निष्कासन गर्न दियो भने निकट भविष्यमा हुने चौथो वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव गर्नेछ । कम्पनीले चौथो वार्षिक साधारणसभाको तयारी गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया