काठमाडौं, महालक्ष्मी विकास बैंक लिमिटेडले पोखरा ओम हास्पिटल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिसँग सम्झौता गरेको छ।
उक्त सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका कर्मचारी तथा ग्राहकले ओम हास्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।
सम्झौताअनुसार महालक्ष्मी विकास बैंकको क्यूआर कोड, डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा बेड चार्ज, अपरेसन चार्ज, ल्याब चार्जलगायतमा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा अस्पतालका प्रबन्ध निर्देशक प्राडा देवकुमार थापा र बैंकको चिप्लेढुंगा पोखरा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले हस्ताक्षर गरेका छन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने तथा डिजिटल पेमेन्ट सिस्टममा आकर्षित हुने र अहिले विश्वभर फैलिरहेका विभिन्न प्रकारका संक्रमण रोग निवारणका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया