काठमाडौं- साताको तेस्रो कारोबारको दिन(बिहीबार) शेयर बजार फेरी ओरालो लागेको हो । हिजो करिब ९ अंकले बढेको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।
आज नेप्से परिसुचक २३.५१ अंकले घटेर २२५०.९१ को बिन्दुमा पुगेको छ । नेप्से १.०३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८८ अंकले घटेर ४३७.२१ विन्दुमा झरेको छ ।
कारोबार भएका २१९ वटा कम्पनीको ३७ लाख ९८ हजार २ सय ६३ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, बिहीबार कारोबार रकममा प्रभु बैंकको संस्थापक शेयरले अग्रता कायम गरेको छ । कम्पनीको १२ करोड ८१ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीको शेयरमूल्य ७.४५ प्रतिशतले घटेर ५ सय १९ रूपैयाँ पुगेको छ ।
यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ७.०८ प्रतिशतले घटेर ५ सय २५ रूपैयाँमा झरेको छ ।
प्रतिक्रिया