काठमाडौं, साताको तेस्रो कारोबारको दिन(बिहीबार) शेयर बजार फेरी ओरालो लागेको हो । हिजो करिब ९ अंकले बढेको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।
आज नेप्से परिसुचक २३.५१ अंकले घटेर २२५०.९१ को बिन्दुमा पुगेको छ ।
आज २१९ कम्पनीको १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैंंया बराबरको शेयर कारोबार हुँदा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर कारोबार भएको छ । बैंकको संस्थापक शेयर १२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एनआइसी एशिया लघुवित्त प्रोमोटर शेयर ५ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया