काठमाडौं । साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा : द राइज’ को दोस्रो पार्ट निर्माण हुने भएको छ । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ ।
‘पुष्पा-२’ ४ सय करोडको लगानीमा निर्माण हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसको अघिल्लो पार्ट १ सय ९५ करोडमा निर्माण भएको थियो ।
अघिल्लो पार्टको सफलतापछि निर्माण टिमले दोस्रो पार्टलाई अझ भव्य बनाउन करोडौं खर्च गर्न लागेको हो । सुकुमारको निर्देशनमा बन्ने ‘पुष्पा स् द रूल’को केही महिनादेखि तीव्र गतिमा स्क्रिप्ट लेखनको काम भइरहेको छ ।
२०२३ को जनवरीबाट छायांकन सुरु हुने फिल्मको दोस्रो पार्टको प्रायः सिनको छायांकन पहिलो पार्ट खिचिएको ईस्ट गोदावरीको मारेदुमिली जंगलमै हुनेछ ।
‘पुष्पा स् द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्याएको थियो । हिन्दी भर्सनमा मात्र १ सय ६ करोड भन्दा माथिको व्यापार गरेको फिल्मको संवादहरु समेत निकै चर्चित भए ।
प्रतिक्रिया