काभ्रे - नमोबुद्ध नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित भएका हुन् ।
प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३ सय ८९ मतको अन्तरले पराजित गरेका हुन्। लामाले ११ हजार २ सय ११ र भुर्तेलले ५ हजार ८ सय २२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६ सय ४४ मतले पछि पार्दै गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा निर्वाचित भए । लामाले ८ हजार १ सय ८७ र एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत प्राप्त गरेका हुन् ।
कांग्रेसले वडा नं २, ३, ५, ६ र ९ गरी ५ वडा, एमालेले वडा नं ४, ८ र ११, माओवादी केन्द्रले वडा नं ७ र १० र वडा नं १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यस्तै, बनेपा नगरपालिकामा मेयरमा नेपाली कांगे्रसका शान्तिरत्न शाक्य र उपमेयरमा नेकपा(एमाले)की विमला सापकोटा निर्वाचित भएका छन् । यस नगरमा गबन्धन भएको थियो तर झिनो मतान्तरले नेकपा एकीकृत समावादीका उपमेयर रघुवर चौप्रधान पराजित भएका हुन् ।
यस नगरमा एमाले ७ वटा वडामा नेपाली कांग्रेसले ६ वटा वडामा र नेकपा एकीकृत समाजवादीले १ वटा वडामा जित हात पारेको छ ।

बनेपा नगरपालिका मेयर र उपमेयर
प्रतिक्रिया