काभ्रेको चौरीदेउराली गाउँपालिकामा गठबन्धन उम्मेदवारी विजयी भएका छन् । गाउँपालिकामा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट रेणुका चौलागाई विजयी भएकी हुन् भने उपाध्यक्षमा शेर बहादुर लामा निर्वाचित भएका छन् ।
चौलागाईले ६ हजार २२८ मत पाएर जित हासिल गर्दा उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेवदार जित राम लामाले ५ हजार ४६३ मत प्राप्त गरेका हुन् । चौलागाई जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष हुन् । पहिलो संविधान सभा सदस्य पनि रहेकी थिइन ।
यस्तै , सो गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले ५ वटा वडामा विजयी हात पारेको छ । यस्तै, नेपाली कांग्रेस ३ वटा वडामा र नेकपा (एमाले) १ वटा वडामा विजयी भएको छ ।
प्रतिक्रिया