काभ्रेको मण्डनदेउपुरमा प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

३ बर्ष अगाडि

काठमाडौं, काभ्रेको मण्डनदेउपुर नगरपालीकामा प्रमुखमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतले बिजयी भएका छन । 

मण्डनदेउपुर नगरपालीका प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबाले  ९ हजार ४ सय ६ मत सहित बिजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विदुर सापकोटाले ८ हजार ३ सय ५१ मत प्राप्त गरेका छन। त्यसै गरी उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपालले ११ हजार ३ सय ५ मत सहित  बिजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याएकी छन् ।

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ  ि१,४,५ र ७ मा एमाले विजयी भएको छ भने वडा ८ नम्बरमा भने माओवादी केन्द्र बिजयी भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया