काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले नायब कार्यकारी प्रमुख, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत।कनिष्ठ अधिकृत (सञ्चार तथा सूचना प्रविधि विभागीय प्रमुख) मा एक–एक जना कर्मचारी माग गरेको हो । त्यस्तै, कष्ठि अधिकृत, बरिष्ठ सहायक।सहायक, कनिष्ठ सहायक।प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको छ ।
उक्त पदका लागि संस्थाले एसएलसी देखि स्नकोत्तर तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइटमार्फत फाराम डाउनलोड गरी कम्पनीको केन्द्रीय कार्यालय बुटवल–१२ कालिकानगर, रुपन्देही तथा सम्पूर्ण शाखा कार्यालयमार्फत र कम्पनीको इमेलमार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया