आज फेरी डलरले बनायो नयाँ रेकर्ड, १ डलर किन्न नेपाली रुपैयाँ कति खर्च गर्नु पर्छ ?

३ बर्ष अगाडि

काठमाडौं - डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । बुधबार १२४ रुपैयाँ ४१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको अमेरिकि डलर बिहीबार पुनः बढेर अर्को रेकर्ड कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४४ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो । रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । 

रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ । डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ४४ पैसा खर्च गर्नु पर्ने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया