ताप्लेजुङ - ताप्लेजुङमा विभिन्न दलका तर्फबाट उम्मेदवार बनेका पाँचजना महिला उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पाँच जना महिला उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
जसमा फुङ्लिङ नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी भीमादेवी ओझा निर्वाचित भएकी छन् । यस्तै सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा कृष्णकुमारी कडरिया (बन्दना) निर्वाचित भएकी छिन् ।
कडरिया नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष उम्मेदवार बनेकी थिइन् । यसैगरी पाथीभरा याङ्वरक गाउँपालिकामा रनमाया गुरुङ र आठराई त्रिबेणी गाउँपालिकामा शान्ताकुमारी आङ्बुहाङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
गुरुङ र आङ्बुहाङ दुवैजना एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार हुन् । मैवाखोला गाउँपालिकामा नेपाली काँग्रेसकी कमलकुमारी लिम्बू उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
प्रतिक्रिया