काठमाडौं - काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले १९ हजार मत कटाएकी छन् ।
बिहीबार बिहानको मतपरिणाम अनुसार डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन् । सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिएको छ। अहिले वडा नम्बर ६, ७, २६, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।
प्रतिक्रिया