भरतपुरका ८ वडाको गणना सकिँदा कुनैमा पनि आएन माओवादी

३ बर्ष अगाडि

काठमाडौं - भरतपुर महानगरपालिकाको ८ वटा वडाको गणना सकिँदा रेनु दाहालले मेयर पदमा मतान्तर बढाउँदै लगे पनि उनको पार्टी माओवादी केन्द्रले  वडा सदस्य पनि जित्न सकेको छैन ।

८ वटा वडामा माओवादीले १० जना वडा सदस्यका उम्मेदवार उठाएको थियो । तर उनीहरू कसैले पनि जित्न सकेनन् ।

नेपाली कांग्रेसले ६, नेकपा एमालेले १ र एकीकृत समाजवादीले १ वडाध्यक्ष जितेका छन् । कांग्रेसले वडा नम्बर १, २, ४, ५, ६ र ८ मा वडाध्यक्ष जितेको हो । एमालेले वडा नम्बर ३ र गठबन्धनकातर्फबाट एकीकृत समाजवादीले ७ नम्बरमा वडाध्यक्ष जिते । 

८ वडाका ३२ जना सदस्यमा कांग्रेसका २२, एमालेका ९ र राप्रपाका १ जना निर्वाचित भएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया