काठमाडौं - निर्वाचन आयोगले ३० वैशाखमा सम्पन्न स्थानीय चुनाव गर्न सरकारबाट आठ अर्ब १४ करोड रुपैयाँ पाएको थियो । स्वीकृत सबै रकम सकियो भने प्रतिमतदाता चार सय ५९ रुपैयाँ ०१ पैसा खर्च हुने देखिन्छ । यद्यपि, खर्चको अन्तिम विवरण आइसकेको छैन ।
आयोगले यो पटक गरेको खर्च २०७४ को स्थानीय तह निर्वाचनमा भएको खर्चभन्दा १८ प्रतिशत अर्थात् एक अर्ब २४ करोड ३३ लाख २३ हजार ६ सय ४६ रुपैयाँले धेरै हो । २०७४ मा ६ अर्ब ८९ करोड ६६ लाख ७६ हजार तीन सय ५४ रुपैयाँ खर्च भएको थियो ।
अघिल्लो निर्वाचनको भन्दा बजेटको आकार ठूलो भए पनि प्रतिमतदाता खर्च भने यो निर्वाचनमा केही कम देखिन्छ । विनियोजित सबै रकम खर्च हुँदा पनि प्रतिमतदाता ४५९ रुपैयाँ ०१ पैसा पर्न आउँछ ।
२०७४ को स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९० रुपैयाँ ०८ पैसा खर्च भएको थियो, जुन अहिलेको भन्दा ६।७६ प्रतिशतले बढी हो ।
प्रतिक्रिया