विराटनगर – नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा पक्राउ परेका छन् ।
प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्।
कालीकोटका उनको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको जनाइएको छ ।
नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५ बजेर ५५ को फ्लाइटमा काठमाडौं आउनै लाग्दा उनी पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेको पुष्टि गरेपनि प्रकाण्डकै छोरा भएकोबारे भने खुलाएनन् । यद्यपी प्रहरीको अर्को स्रोतले प्रकाण्डकै छोरा भएको दाबी गरेको छ ।
प्रतिक्रिया